पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध ललिता निवास जग्गा प्रकरणमा परेको रिटको निवेदनकोतर्फबाट बहस सकिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र नहकुल सुवेदीको इजलासले निर्णय सुनाउन कात्तिक १५ गते दिने तयारी गरेको हो ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार कात्तिक १५ गतेका लागि निर्णय सुनाउनु मिति तोकिएको छ । त्यस्तै दुवै पक्षका कानुन व्यवसायीहरुलाई कात्तिक १० गतेभित्र लिखित बहस नोट पेश गर्न समेत आदेश दिइएको छ।
ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छोडेको भन्दै न्यौपानेले रिट निवेदन दिएका थिए ।