logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६ घण्टा फेसबुक डाउन हुँदा ६ अर्ब डलर घाटा, कसरी भयो फेसबुक डाउन ?


अंकुरण खबर
1.703K
Shares

संसारभरि विभिन्न मुलुकमा सामाजिक सञ्जाल फेसबुक डाउन हुँदा फेसबुकले झण्डै ६ अर्ब डलर गुमाएका छन् ।

नेपाली समयअनुसार सोमबार राति ९ बजेदेखि झण्डै ६ घण्टा संसारभरि विभिन्न मुलुकमा फेसबुक डाउन भएको थियो । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले समेत काम गर्न छोडेका थिए।

झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट र एपले काम गर्न थालेको जनाएको छ।

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको समेत ध्यान तानेको छ। तर फेसबुक किन डाउन भयो भन्नेबारे आधिकारिक जानकारी भने दिइएको छैन । एजेन्सी