नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासघले जनाएको छ ।