logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३३ किलो सुनकाण्ड : प्रहरीले पाए सफाइ, गोरेसहित ६ जनालाई जन्मकैद


अंकुरण खबर
1.443K
Shares

साढे ३३ किलो सुन तस्करी काण्डमा जिल्ला अदालत मोरङले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहितका ६ जनालाई जन्मकैद सजाय सुनाएको छ ।

जन्मकैद सुनाइएकामा गोरेसहित टेकराज मल्ल ठकुरी, ल्हाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

यस्तै, राजनकुमारलाई तीन र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको अदालतका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

उक्त मुद्दामा ७७ जना प्रतिवादी रहेकामा ३१ जना अझै फरार छन् । फरारको मुद्दा मुल्तवीमा राख्ने आदेश अदालतले दिएको छ ।

33 kg gold smuggling case: Alleged mastermind 'Gore' made public

०७४ माघ पहिलो साता युनाइटेड अरब इमेरेट्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको साढे ३३ किलो अवैध सुन गायब बनाइएको थियो । उक्त प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत गरिएको थियो ।

उक्त प्रकरणमा मुछिएका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी (हाल डीआईजी) दिवेश लोहनी, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मगर र जवान विष्णु खड्काले भने सफाइ पाएका छन् ।