logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री बन्नेको नाम टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
1.469K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ ।

अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ । माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।