logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कौडा र ताससहित १९ जुवाडे पक्राउ


अंकुरण खबर
1.157K
Shares

काठमाडौंको बाफलस्थित रिजु श्रेष्ठको घरबाट  कौडा र ताससहित १९ जना जुवाडे पक्राउ परेका छन्।

केही मानिस अवैध  रुपमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरासमेतको टोलीले  उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारेको थियो।

१९ जनालाई नै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट दुई लाख ८६ हजार ६५ रुपैयाँ,  सात बुक तास,  १२३ स्थान विभिन्न रङका क्विन, ३३ थान कौडा, २८ थान मोबाइल बरामद गरिएको थियो।