logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले यसपल्ट चियापान कार्यक्रम नगर्ने


अंकुरण खबर
741
Shares

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपिल गरिएको छ ।

विज्ञप्तिमा सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो।’ कांग्रेसले दसैं, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।