logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा आजदेखि सबैलाई कोरोनाविरुद्धको खोप


अंकुरण खबर
858
Shares

काठमाडौं महानगरपालिकामा आजदेखि १८ वर्षमथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।

काठमाडौं महानगरले खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने भएको छ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्। महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले १८ वर्षमाथिका सबैका नागरिकका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेको बताए।

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ।

खोप कार्यक्रम विहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि खोप लगाउन महानगरले आग्रह गरेको छ।