नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै यही अवधिमा ८ सय ९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार आज १२ हजार ०३१ जनामा नमूना परीक्षण गरिएको थियो । अहिले देशभर १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।