logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने


अंकुरण खबर
1.729K
Shares

वाग्मती प्रदेशकाको नवौँ अधिवेशन आजबाट सुरु हुँदै छ ।

आजबाट सुरु हुन लागेको नर्वौ अधिवेशनका लागि दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । भदौं २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यको अहिलेको अवस्था भने फरक छ । संसदममा १०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ ।

प्रदेशमा एमालेबाट ५६ सांसद रहे पनि विभाजन पछि ४३ सांसद्मात्र बाँकी छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद रहेका छन् । नेकपा एसका १३ सांसद्ले समर्थन नगरे शाक्यको मुख्यमन्त्री पद धरापमा पर्ने छ ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका १ प्रदेशसभा सदस्य रहेका छन् ।