logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा बस दुर्घटना : एकको मृत्यु, ९ जना घाइते


अंकुरण खबर
728
Shares

दैलेखको दुल्लु नगरपालिका–१ दारेभिर नजिकै बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२७ जना यात्रु बोकेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै पट्टा भाच्चिएर अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । बसका चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।