logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रूपन्देहीमा सुकुम्बासी हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा, प्रहरीद्वारा गोली प्रहार


अंकुरण खबर
962
Shares

सुकुम्बारी हटाउने क्रममा मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीले हावाइ फायर र गोली प्रहार गरेको छ ।

औद्योगिक क्षेत्रमामा बसेका सुकुम्वासी हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले आइतबार दिउँसो  हवाइ फायर र गोली प्रहार गरेको हो ।

त्यसक्षेत्रमा केही समयदेखि विभिन्न जिल्लाका मानिसहरू आएर सुकुम्बासीको रूपमा बसिरहेको प्रहरीले बताएको छ ।

आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।