logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रूपन्देहीको मोतीपुर क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी


अंकुरण खबर
793
Shares

रुपन्देहीको रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश आज पनि जारी छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन् । मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोज्दा झडप भएको थियो ।

हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो । त्यसक्रममा चार जनाको मृत्यु भएको छ । त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।