logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराविरुद्धको कसुरमा आज पनि थुनछेक बहस


अंकुरण खबर
728
Shares

काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज पनि हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले सोमबार पनि निरन्तर हुने भएको हो ।

महराका तर्फबाट बहस गर्न ३२ जना अधिवक्ताले नाम लेखाएकाले सबैले बहश गरे सोमबार पनि बहश नसकिने सम्भावना छ । बहस सकिएपछि महरालाई पूर्पक्षका लागि थुनामा राख्ने वा कारागार पठाउने भन्नेबारे अदालतले फैसला गर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि यौनजन्य हिंसाको अभियोग लगाउँदै गएको बिहीबार मुद्दा दर्ता गरेको हो ।