logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं, तिहार र छठ बिदामा समेत मानव अधिकार आयोग खुल्ला रहने


अंकुरण खबर
1.976K
Shares

दशैं, तिहार र छठ बिदाका दिनमा राष्ट्रिय मानव अधिकार आयोग खुल्ला हुने भएको छ ।

आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू पर्व बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहनेछ ।

यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ ।