logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, डेढ दर्जन घाइते


अंकुरण खबर
689
Shares

नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटना भएको छ ।

आज (मंगलबार) दिउँसो २ बजेतिर छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने डेढ दर्जन जति यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ ।

अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मुगु प्रहरीले जनाएको छ ।