logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुगु दुर्घटना अपडेटः मृतकको संख्या २८ पुग्यो, घाइतेलाई अस्पताल लगिँदै


अंकुरण खबर
1.456K
Shares

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।

घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ । केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस आज (मंगलबार) दिउँसो २ बजेतिर छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ ।