logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी शक्तिपीठहरूको दर्शन भ्रमणमा


अंकुरण खबर
936
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन् ।

बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन् । उनले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लागेकी हुन् ।