logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरुवा बन्दुकसहित एकजना पक्राउ


अंकुरण खबर
793
Shares

डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।