logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु


अंकुरण खबर
728
Shares

बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

कारमा सवार ३ जना घाइते भएका छन् ।

कोल्हवी नगरपालिका–२ पुरानोकाँटाका ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङतानको गएराती घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये मोटरसाइकल चालक को हुन् खुल्न बाँकी रहेको छ । सामान्य घाइते भएका कारमा सवार अन्य ३ जनाको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको छ ।

तामगढीबाट कोल्हवीतर्फ जाँदै गरेको बा १९ च ४५ ११ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ना ५९ प १२ ७० नम्बरको मोटरसाइकललाई गएराती साढे ९ बजे ठक्कर दिएको थियो । कार चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।