logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं मनाउन एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा 


अंकुरण खबर
923
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशैं मनाउन गृह जिल्ला झापा पुगेका छन् ।

विहीबार दिउँसो भद्रपुर विमानस्थलमा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेका थिए । त्यहाँबाट स्कर्टिङ गरेर झापा गाउँपालिका पुगेका ओलीले त्यहाँ रहेका आफ्ना आफन्तजनसँग भेटघाट गर्ने बताइएको छ ।

भेटघाट सकेर ओली विहीवार नै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने बताइएको छ ।