logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ससुरालीबाट टिका लगाएर फर्किने क्रममा भिरबाट लडेर मृत्यु


अंकुरण खबर
923
Shares

खोटाङमा ससुरालीबाट टिका लगाएर फर्किने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउत रहेको खोटाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा शुक्रबार टीका लगाएर फर्किने क्रममा बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको हो ।

राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेलमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।