logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


अंकुरण खबर
767
Shares

प्रहरीले तास खेलीरहेको अवस्थामा काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बललगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।