logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबारदेखि पुनः मौसम परिवर्तन, मंगलबारसम्म वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


अंकुरण खबर
624
Shares

यसवर्षको मनसुन औपचारिक रुपमा विदा भए पनि आइतबार देशका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आइतबार देशभर आंशिक देखि सामान्य बदली रहेर केही प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेकोले देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ।

सोमबार र मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति परेको पानीले सिन्धुपाल्चोकसहित केही जिल्लामा बाढी र पहिरो गएको छ ।