logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ


अंकुरण खबर
754
Shares

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।