logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


अंकुरण खबर
897
Shares

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत सोमबारदेखि ट्रेजरी बिक्री गर्न लागेको हो ।

९१ दिनको २० करोड, १८२ दिनको पाँच अर्ब र ३६४ दिनको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँको बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ ।

९१ दिनको ट्रेजरी आगामी ४ माघमा परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी ६ वैशाख र ३६४ दिने ट्रेजरी १ कात्तिक ०७९ मा परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २५ असोजमा १३ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी जारी गरेको थियो ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार अपराह्न ३ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई  बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलमार्फत बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ ।

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्छ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको पाइँदैन ।