दसैं लगत्तै नेपाली बजारमा सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको भाउ सात सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि असोज २५ गते छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँले बढेर सोमबार १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, असोज २५ गते चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।