logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारसम्म नै वर्षा हुने पूर्वानुमान, पहिरो र बाढीको जोखिम क्षेत्रमा उच्च सतर्कता


अंकुरण खबर
1.339K
Shares

देशका विभिन्न ठाउँमा बुधबारसम्म पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम पूर्ण रुपमा बदली भएको र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले सुदुरपश्चिमका केही स्थानमा भीषण वर्षा भैरहेका छन् ।

यस्तै वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा पनि पानी परेको छ । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत रहन महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।

उनका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना समेत रहेको छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ ।

केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।