logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टीको आगामी सम्मेलनबारे माओवादी स्थायी कमिटी बैठकमा छलफल


अंकुरण खबर
1.521K
Shares

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।

सोमबार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयमा छलफल भएको हो ।

बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा भने नपुगेको बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्ष आउने उनले बताए ।

भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्ने र भोलिको बैठकबाट निर्णय हुने उनको भनाइ छ ।

बैठकमा विभिन्न पार्टीबाट पार्टी एकतामा आएका नेताहरूको जिम्मेवारी र संगठनका आन्तरिक विषयमा पेश भएका प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले बोल्ने क्रम जारी रहेकाले बैठकले कुनै निर्णय नगरेको उनले बताए।