logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, न्यूनतम भाडा १८ रुपैयाँ


अंकुरण खबर
1.534K
Shares

बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक यातायातको भाडा बढेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशअन्तर्गतका रुटमा सरदर २३ प्रतिशतका दरले भाडा बढाएको हो । बढेको भाडा कार्तिक १ सोमबारबाट कार्यान्वयनमा आएको छ ।

उपत्यकाकाको अब न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । अर्थात यात्रुले अब सवारी चढ्ने वित्तिकै कम्तीमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यो ५ किलोमिटरसम्मको भाडा दर हो ।

मन्त्रालयका अनुसार उपत्यकाभित्र १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७ रूपैयाँ, २० किलोमिटर सम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढी दूरीको २५ रुपैयाँ तिर्नुपर्छ।

प्रदेश सरकारले उपत्यकाबाट प्रदेश अन्तरगतका १३ जिल्लासम्म पुग्ने मुख्य–मुख्य रुटको भाडासमेत निर्धारण गरेको छ।