logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा खोलाले जिप बगायो, चालक भने सुरक्षित


अंकुरण खबर
1.157K
Shares

गुल्मीमा डहरे खोला तर्नेक्रममा खोलाले जिप बगाएको छ ।

सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्वरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले बगाएको हो ।

जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले जानकारी दिए ।

जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।