पछिल्लो २४ घन्टामा देशभरिमा ५९१ जना कोरोना संक्रमित थपिएका छन्।
७,६५४ जनामा गरिएको पिसिआर परीक्षणबाट ५२३ र २,०४३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०५,५६० जनामा र एन्टिजेन परीक्षणबाट ९३,४३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार आज ९३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८२,३९३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२९३ पुगेको छ ।