डडेलधुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।
गए राति घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१, भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।
अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रम चन्दले जानकारी दिएका छन् ।
लगातारको वर्षाका कारण सुदूरपश्चिमका नौवटै जिल्लाको जनजीवन प्रभावित भएको छ ।