logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री देउवा


अंकुरण खबर
1.261K
Shares

प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले बाढी पहिरोले नेपालमा अपुरणीय क्षति गरेको पनि बताए ।

उनले सरकारले राहतको व्यवस्था गरेको भन्दै स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिए । उनले भने, ‘बाढी पहिरोले ठूलो जनधनको क्षति गरेको छ । नेपालका लागि यो अपुरणीय क्षति हो । प्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदै छु । सरकारले अध्ययन गरेर थप राहतको व्यवस्था गर्छ ।’

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताए । उनले भने, ‘जलबायु परिवर्तनले नेपाललाई पनि ठूलो असर गरेको छ । यसको विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु ।