logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, निको ८१७ जना, ८ को मृत्यु


अंकुरण खबर
1.079K
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ५१३ जना कोरोना संक्रमित थपिएका छन्।

४,९७२ जनामा गरिएको पिसिआर परीक्षणबाट ४३८ र १,९५९ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०८,५३४ जनामा र एन्टिजेन परीक्षणबाट ९३,९८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ८१७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८६,६३० पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३४५ पुगेको छ।

अहिले देशभरिमा १०,५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ९,७५७ जना होम आइसोलेसनमा र ८०२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २६८ जनाको आईसियुमा उपचार भइरहँदा ८० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।