logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर सर्लाहीमा दुई जनाको मृत्यु


अंकुरण खबर
728
Shares

सर्लाहीमा करेन्ट लागेर दुई जनाको जनाको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया  पपितादेवी साहको मृत्यु भएको  ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिए।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिए। विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।

यसैबीच बागमती नगरपालिका-५ मा मोटरसाइकलले  साइकललाई ठक्कर दिँदा बागमती-८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।