logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले दिएको १ लाख ६२० फाइजर खोप सोमवार नेपाल आइपुग्दै


अंकुरण खबर
2.756K
Shares

अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमवार नेपाल आइपुग्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार खोप भोली सोमवारसम्म नेपाल आइपुग्ने भएको छ।

अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस अघिनै जनाइसकेको छ ।

यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।