ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।
दुबईमा जारी खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित हात पारेको हो । टस हारेपछि पहिलो ब्याटिङ गरेको भारतले ७ विकेटमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले बिना क्षति १७ ओभर ५ बलमा विजयी रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र रिजवान अन्सारीले ७८ रन बनाए ।
आईसीसी विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई पराजित गरेको हो ।