आज फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आइपुग्दै छ ।
आज (सोमबार) बिहान कतार एयरलाइन्सको ६४८ विमानमार्फत खोप काठमाडौं आइपुग्नेछ । उक्त खोप बालबालिकालाई लगाउन मिल्ने भए पनि थोरै भएकाले खोप दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खोप क्यान्सर रोग, मिर्गौलाका गम्भीर बिरामीलाई अस्पतालमै खोप पठाएर लगाउँने तयारी गरेको मन्त्रालयले जनाएको छ । यस्ता बिरामीको उपचार हुने अस्पतालमै खोप पठाउने तयारी छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप आउन लागेको हो । यो खोप १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाउन अनुमति छ । फाइजरको थप ६० लाख डोज खोप पुसमा ल्याउने तयारी छ । कोभिसिल्ड, अस्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ ।