logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ


अंकुरण खबर
858
Shares

काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू अवैध रूपमा नेपाल आएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३ जना महिला र ८ जना पुरूष छन् । उनीहरू काठमाडौंमा कहिलेदेखि छन् भन्ने पुष्टि भइसकेको छैन ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको र अहिले ब्युरोले उनीहरूमाथि सोधपुछ गरिरहेको छ।

अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै धेरै नागरिकले त्रासमा देश छाडेका थिए । उनीहरू पनि तालिबानले काबुल कब्जा गरेपछि भागेर नेपाल आएको आशंका गरिएको छ ।