logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै


अंकुरण खबर
1.43K
Shares

आजदेखि काठमाडौंका आठ वटा नगरपालिकामा एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका आठ वटै नगरपालिकामा १८ वर्षभन्दा माथिका नागरिकलाई एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइदै छ। पहिलो खोप लगाएका व्यक्तिलाई दोस्रो डोज लगाइने भएको छ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज लगाइनेछ।

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ।

वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाउन सकिनेछ।

यी अस्पतालमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय तहका खोप केन्द्रमा भने तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिकाले भोलिदेखि सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने जनाएको छ। आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा उल्लेख छ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड बोक्नु पर्नेछ।