logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मंगलबार पनि बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.547K
Shares

विगत तीन दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

यसअघि आइतबार ४ सय र सोमबार ३ सयले मूल्य बढेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदी भने हिजोकै मूल्यमा कारोबार भएको छ । प्रतितोला १ हजार २६५रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।