logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कसैको दबावमा पद छाडदिँन्, महाअभियोगको सामना गर्न तयारः जबरा


अंकुरण खबर
793
Shares

सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले आफू महाअभियोगको सामना गर्न तयार रहेको बताएका छन।

सञ्चारकर्मीहरु सँगको कुराकानीमा प्रधानन्यायाधिस जबराले कसैको ‘दबाव र प्रभावमा’ पद त्याग नगर्ने प्रष्ट पारेका छन।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले कसैले राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने बताएका हुन।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतले राजीनामा दिनुपर्ने माग गरिरहँदा जबराको यस्तो भनाई आएको हो।

‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो। न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ‚’ जबराले भने‚ ‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु।’

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए। तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए।