logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२० महिनापछि आज पहिलो चरणमा ४८ श्रमिक कोरिया जाने


अंकुरण खबर
676
Shares

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन्।

लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि आज पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन्।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन्। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ।

कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ।