logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाण्डौको न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियसले घट्यो


अंकुरण खबर
793
Shares

काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ ।

हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनकाअनुसार आज तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने छ । स्थानीय वायुको प्रभावका कारण देशका केही ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना खासै नरहेको उहाँले बताउनुभयो ।

पानी परिहाले पनि फाट्टफुट्ट मात्र पर्ने मौसमविद्ले बताएका छन् ।