logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुद्दा हेर्न छाड्दिन, मेरा कुरा भोलि राख्छु प्रधानन्यायाधीश जबरा


अंकुरण खबर
624
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् ।

बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै जबराले भने, ‘मुद्दा हेर्न छाड्दिन, मेरा कुरा भोलि राख्छु ।’

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिन, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले भने ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् ।

दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।