वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा घोषणा गरेकी छन् ।
प्रदेशसभालाई सम्बोधन गर्दै शाक्यले राजीनामा घोषणा गरेकी हुन् ।
बुधबार प्रदेशसभामा आफूले मागेको विश्वासको मतमा मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेकी हुन् ।
प्रदेशसभाको बुधबारको दोस्रो कार्यसूचीमा प्रवेश नगरी आफूले मार्गप्रशस्त गरेको घोषणा मुख्यमन्त्री शाक्यले गरेकी छन् ।