logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फुटबल प्रशिक्षक अल्मुताइरी तीन वर्ष नेपालमै रहने


अंकुरण खबर
1.469K
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन्।

बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ एन्फा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका हुन्।

‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु। एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’ उनले लेखेका छन्।

अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन्। ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ’ साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन्।

नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो। फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन्। यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन।