प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार आज दिउसो २ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। यसअघि कात्तिक ९ गतेका लागि बैठक बोलाइएको भए पनि सूचना टाँसेर आजका लागि सारिएको हो।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कात्तिक ९ गते स्थानीय तहको अधिवेशन रहेको जनाउँदै बैठक स्थगित गर्न माग गरेको थियो।
सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र७८’ पेस गर्ने उल्लेख छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले जारी अधिवेशनका हरेक बैठकमा नाराबाजी गर्दै आएको छ ।
