logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


अंकुरण खबर
1.014K
Shares

दिपायल शिलगढी नगरपालिका ५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

स्थानीय ३८ वर्षीय दिल बहादुर भण्डारी लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।